काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अन्तरिम प्रधानमन्त्री सुशीला कार्की, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की र सुधन गुरुङलगायत व्यक्तिहरूमाथि दुरुत्साहनसम्बन्धी अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगले जेनजी आन्दोलनका क्रममा अभिव्यक्ति र गतिविधिले प्रदर्शनलाई उत्तेजित बनाएको हो कि होइन भन्नेबारे सूक्ष्म छानबिन आवश्यक रहेको जनाएको छ।
प्रतिवेदनमा भदौ २३ र २४ गतेका घटनामा भएको क्षति र सार्वजनिक शान्तिमा असरबारे निष्कर्ष निकाल्न अनुसन्धान गर्नुपर्ने उल्लेख छ।


