Thursday, June 04, 2026
Home > आर्थिक समाचार > सेयर बजारमा उछाल, नेप्से २७.८५ अंकले बढ्यो

सेयर बजारमा उछाल, नेप्से २७.८५ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार २७.८५ अंकले बढ्दै उत्साहपूर्ण रूपमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा बजार झन्डै १ प्रतिशतले बढेर नेप्से परिसूचक २७८६.३५ विन्दुमा पुगेको हो।

आज कुल ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। ३४२ कम्पनीको कारोबारमध्ये २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको र ७ कम्पनी स्थिर रहेका छन्।

सबैभन्दा धेरै कमाउनेमा थ्री स्टार हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, उपर हेवाखोला हाइड्रोपावर, माया खोला हाइड्रोपावर र रिज लाइन इनर्जी रहेका छन्। त्यस्तै बुंगल हाइड्रोसहित केही म्युचुअल फन्ड र डिबेन्चरहरू सबैभन्दा बढी घट्ने सूचीमा परेका छन्।

समूहगत सूचक सबै क्षेत्रमा बढेसँगै समग्र बजार हरियाली बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *