Friday, June 12, 2026
Home > स्थानीय समाचार > धनकुटामा यात्रुवाहक बस पल्टियो, ११ जना घाइते

धनकुटामा यात्रुवाहक बस पल्टियो, ११ जना घाइते

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

कोशी राजमार्गअन्तर्गत धनकुटा नगरपालिका–९ मा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि धरान पठाइएको छ।

दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ भने घटनाबारे अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *