काठमाडौँ । धितोपत्र र बिमासम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।
धितोपत्र बजारमा झूटो कारोबार, मूल्यमा कृत्रिम उतारचढाव र बजार प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यससँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि शंकास्पद वित्तीय कारोबारमा छुट्टै अनुसन्धान गरिरहेको छ। प्रकरणमा गोल्छासहित २५ जनाभन्दा बढीमाथि बयान लिइएको बताइएको छ।


