Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > युद्धका कारण २२ नेपाली श्रमिकका शव विदेशमै अलपत्र, परिवार पीडामा

युद्धका कारण २२ नेपाली श्रमिकका शव विदेशमै अलपत्र, परिवार पीडामा

पश्चिम एसियामा जारी युद्धका कारण उडान अवरुद्ध हुँदा कुवेत, साउदी अरब र यूएईमा २२ नेपाली श्रमिकका शव विमानस्थलमै रोकिएका छन्। आवश्यक कागजात पूरा भएर ‘एनओसी’ पाए पनि सीमित उडान, उच्च कार्गो शुल्क र सुरक्षा अवस्थाले शव नेपाल ल्याउन समस्या भएको हो।

कुवेतमा ७, साउदीमा ७ र यूएईमा ८ शव अलपत्र छन्। शव पठाउने जिम्मेवारी रोजगारदाताको भए पनि हाल उडान अनियमित हुँदा ढिलाइ भइरहेको छ। यसले मृतकका परिवारलाई ठूलो मानसिक पीडा दिएको छ, शव पर्खाइमा दिन काट्न समेत मुस्किल भइरहेको उनीहरूको गुनासो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *