Friday, June 05, 2026
Home > स्थानीय समाचार > अब राहदानी घरमै, महोत्तरी प्रशासन र हुलाकबीच नयाँ व्यवस्था

अब राहदानी घरमै, महोत्तरी प्रशासन र हुलाकबीच नयाँ व्यवस्था

जनकपुरधाम । महोत्तरीमा अब राहदानी सेवाग्राहीको घरमै पुग्ने व्यवस्था सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय र हुलाक सेवाबीच समझदारी भएपछि राहदानी घर ठेगानामै वितरण गरिने भएको हो।

सम्झौताअनुसार हुलाक सेवाले आवेदनकर्ताको ठेगानामा राहदानी सुरक्षित रूपमा पुर्‍याउनेछ र पहिचान पुष्टि गरेर हस्तान्तरण गर्नेछ।

यस नयाँ व्यवस्थाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट हट्ने, समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ। विशेषगरी ग्रामीण क्षेत्रका नागरिक बढी लाभान्वित हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *