काठमाडौँ — सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकको तयारी थालेको छ। शपथ कार्यक्रम यही चैत १२ गते अपराह्न २ बजे हुने तय भएको छ।
निर्वाचित सांसदलाई बहुउद्देश्यीय हलमा शपथ दिलाइएपछि संसद् प्रतीक चिह्न, संविधान, नियमावली र सदस्य सुविधासम्बन्धी सामग्री उपलब्ध गराइनेछ।
निर्माणाधीन नयाँ संसद् भवनमा सांसदका लागि अलग–अलग ‘चेम्बर’को व्यवस्था गरिएको छ। संसदीय दलको कार्यालय पनि दलको सदस्य सङ्ख्या अनुसार पुनःव्यवस्थित गरिएको छ। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२, नेपाली कांग्रेस ३८, एमाले २५, अन्य दल तथा स्वतन्त्र सांसद निर्वाचित भएका छन्।


