नवलपुर — भूमि अधिकार आन्दोलन नेपालले मंगलबार पूर्वी नवलपरासीको जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै प्रदर्शन गरेको छ।
कावासोतीबाट सुरु भएको र्याली प्रशासन कार्यालय पुगेर धर्नामा परिणत भएको थियो। प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर”, “भूमि र आवासको अधिकार सुनिश्चित गर” लगायतका नारा लगाएका थिए।
आन्दोलनका महासचिव हेमराज दाहालले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिनबाट हटाउने प्रयास भइरहेको भन्दै देशव्यापी आन्दोलनको चेतावनी दिएका छन्।


