बिर्तामोड । झापाको चारपाने क्षेत्रमा एक युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दलेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पुरानो रिसइबीका कारण २१ वर्षीया युवतीमाथि सार्वजनिक रूपमा दुर्व्यवहार गरिएको थियो। घटनापछि खटिएको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।
घाइते युवतीको उपचार भइरहेको छ भने घटनामा संलग्नविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


