काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिने भएका छन्।
यसअघि यस्तो जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहे पनि यसपटक प्रधानमन्त्री बालेन्द्र शाह को सट्टा अर्थमन्त्रीले प्रतिनिधिसभामा धारणा राख्ने तयारी गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।


