Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > नेपालमा ६३ खनिजको पहिचान, दैलेखमा पेट्रोलियम अन्वेषण तीव्र

नेपालमा ६३ खनिजको पहिचान, दैलेखमा पेट्रोलियम अन्वेषण तीव्र

काठमाडौं । देशभर हालसम्म ६३ प्रकारका खनिजको पहिचान भएको छ भने दैलेखमा पेट्रोलियम अन्वेषण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चुरे, महाभारत र उच्च हिमाली क्षेत्रको पहिलो चरणको भूगर्भीय सर्वेक्षण पूरा भएको छ। दैलेखमा चीनको सहयोगमा जारी पेट्रोलियम परियोजनाअन्तर्गत ४,०१३ मिटर ड्रिलिङ सम्पन्न भइसकेको छ।

साथै देशका २३ स्थानमा भू–इन्जिनियरिङ अध्ययन सम्पन्न भएको पनि प्रतिवेदनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *