काठमाडौं । मुलुकमा उद्योग दर्ता करिब १२ प्रतिशतले बढेको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुन २०८२ सम्म ११ हजार १४० उद्योग दर्ता भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो।
यस अवधिमा नयाँ उद्योगबाट करिब ३९ हजार रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। उत्पादनमूलक, सेवामूलक र पर्यटन क्षेत्रका उद्योगको हिस्सा सबैभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।


