महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसियाले नेपालसामु ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ। क्वालालम्पुरमा भएको खेलमा घरेलु टोली २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रनमै सीमित भयो। नेपालका कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई विकेट लिए। नेपाल लगातार दोस्रो जितसहित शृंखला कब्जा गर्ने लक्ष्यमा छ।


