Friday, June 05, 2026
Home > मुख्य समाचार > बालेन नेतृत्वको सरकार: मन्त्री छनोटबारे आन्तरिक छलफल

बालेन नेतृत्वको सरकार: मन्त्री छनोटबारे आन्तरिक छलफल

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनका लागि मन्त्रालय संख्या घटाएर १५ देखि १८ मा सीमित गर्ने तयारी गरेको छ।

पार्टीभित्र मन्त्री चयनबारे पनि छलफल तीव्र छ। उपसभापतिद्वय डिपी अर्याललाई गृहमन्त्री र स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ।

यससँगै शिशिर खनाल, सोबिता गौतमलगायत अन्य नेताहरूको नाम पनि मन्त्रीका रूपमा चर्चामा छन्।

चैत १२ मा सांसदहरूको शपथ र त्यसको भोलिपल्ट बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *