काठमाडौँ । नेपाल ‘ए’ टिमले ओमानविरुद्ध २८५ रनको लक्ष्य दिएको छ। मूलपानीमा भएको खेलमा नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनायो।
इशान पाण्डे (६९), देव खनाल (६४) र कुशल मल्ल (५७) ले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो स्कोरमा पुर्याए।
नेपाल पहिलो खेलको हारपछि जितको खोजीमा रहेको छ भने ओमान लगातार दोस्रो जितको प्रयासमा छ।


