Friday, June 05, 2026
Home > खेलकुद समाचार > नेपाल–यूएई टी–२० सिरिज आजबाट सुरु

नेपाल–यूएई टी–२० सिरिज आजबाट सुरु

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्ध दुई खेलको टी–२० सिरिजको पहिलो खेल खेल्दैछ। खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ।

नेपाल क्रिकेट संघले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा युवा टोली उतारेको छ, जसमा केही अनुभवी खेलाडी समावेश छैनन्।

यो खेल नेपालमा पहिलो पटक फ्लडलाइटमा हुने अन्तर्राष्ट्रिय टी–२० हो। दोस्रो खेल मंगलबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *