राजविराज । गौतमकुमार केसीले सर्वसाधारणलाई गालीगलौज र धम्की दिएको भनिएको फोन संवाद भाइरल भएपछि मधेश प्रदेश प्रहरीले छानबिन सुरु गरेको छ।
गोविन्द थपलियाका अनुसार एसएसपी कमल थापाको नेतृत्वमा समिति गठन गरिएको छ र प्रतिवेदनका आधारमा कारबाही गरिनेछ।
एसपी केसीले भने आफूले गाली वा धम्की नदिएको दाबी गरेका छन्।


