Tuesday, July 21, 2026
Home > आर्थिक समाचार > नेप्से २७ अंकले बढ्यो, बजारमा हरियाली

नेप्से २७ अंकले बढ्यो, बजारमा हरियाली

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उत्साह देखिँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४९ अंकले बढेको छ।

नेप्से १.०१ प्रतिशतले बढेर २,७४५.६५ विन्दुमा बन्द भएको हो। कारोबार भएका सबै उपसमूहमा वृद्धि देखिँदा बजारमा हरियाली छाएको छ।

आज ३३५ कम्पनीका करिब ७४ लाख कित्ता सेयर कारोबार हुँदा तीन अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबारमा अधिकांश कम्पनीको मूल्य बढेको छ भने केही कम्पनीमा गिरावट पनि देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *