नेपाल पत्रकार महासंघ मोरङ ले वार्षिक साधारणसभाबाट ११ बुँदे घोषणापत्र जारी गर्दै प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन, पत्रकारको पेसागत सुरक्षा र सञ्चारमाध्यममैत्री नीति बनाउन सरकारसँग माग गरेको छ। घोषणापत्रमा स्थानीय मिडियालाई समानुपातिक विज्ञापन, डिजिटल मिडियाको व्यवस्थापन तथा पत्रकारको तलब–सुविधा सुनिश्चित गर्नुपर्ने विषयसमेत उठाइएको छ।


