यातायात व्यवस्था विभाग ले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता तत्कालका लागि रोक्ने निर्णय गरेको छ। यातायात व्यवस्थापन, बढ्दो सवारी चाप, प्रदूषण र ट्राफिक जाम नियन्त्रणलाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्म दर्ता प्रक्रिया स्थगित गरिएको हो। यो निर्णय इन्धनबाट चल्ने तथा विद्युतीय सार्वजनिक सवारी दुवैमा लागू हुने विभागले जनाएको छ।


