वीरगञ्ज — पर्सा राष्ट्रिय निकुञ्जले पथलैया–अमलेखगञ्ज खण्डमा सडक विस्तारका क्रममा जनावरको सुरक्षाका लागि दुई ओभरपास निर्माण गर्न सडक विभागलाई प्रस्ताव गरेको छ।
सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार, सो खण्डमा सवारी अत्यधिक भएकाले दुर्घटनामा वन्यजन्तुको मृत्यु हुने जोखिम उच्च छ। चालु आर्थिक वर्षमा यहाँ दुई जरायो, पाँच चित्तल र १५ बाँदरको मृत्यु भएको छ। निकुञ्जले सवारी चालकमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।


