काठमाडौं । सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्त्वका रिट निवेदन दर्ता नगरेर न्यायिक प्रक्रियामा अवरोध गरेको भन्दै नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ।
बारमा आबद्ध कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्दै अदालत प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले रिट दर्ता प्रक्रिया सहज बनाउन माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका छन्।
उनीहरूले सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियालाई अवरुद्ध गरेको आरोप लगाएका छन्।


