काठमाडौं — भारतको तमिलनाडु राज्यको तिरुनेलवेली जिल्लामा टिवीके का ४७ वर्षीय कार्यकर्ता इसक्कियप्पनले विजयलाई मुख्यमन्त्री बन्न ढिलो भएको भन्दै आत्मदाहको प्रयास गरेका छन्।
प्रहरीका अनुसार, उनले पेट्रोल खन्याएर आगो लगाएका थिए, तर उपस्थितले बचाएर अस्पताल पुर्याइएको छ। उनको उपचार कन्याकुमारी सरकारी मेडिकल कलेजमा भइरहेको छ।
विजयले आइतबार तमिलनाडुका मुख्यमन्त्रीको रूपमा सपथ लिएका छन्।


