Friday, June 05, 2026
Home > मुख्य समाचार > पीडित परिवारद्वारा महिला आयोगमा नाराबाजी

पीडित परिवारद्वारा महिला आयोगमा नाराबाजी

काठमाडौं — बलात्कारपछि हत्या भएका घटनामा न्याय नपाएको भन्दै पीडित परिवारले सोमबार राष्ट्रिय महिला आयोग परिसरमा प्रदर्शन गरे। नाराबाजीमा “महिला अधिकार सुनिश्चित गर”, “महिला हिंसा अन्त्य गर” लगायतका नारा लगाइएको थियो।

सुर्खेतकी इनिशा विक र खोटाङकी रेस्मिका परियारको घटनामा दोषीविरुद्ध छिटो कानुनी प्रक्रिया अघि बढाइ कडा सजाय दिन पीडित पक्षले माग गरेको छ। खोटाङ सेवा समाजले पनि पीडितसँग ऐक्यबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *