काठमाडौं, वैशाख १४ — सर्वोच्च अदालतले पूर्व विशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गर्दा राज्यकोषबाट खर्च पाउने व्यवस्था खारेज गरेको छ।
संवैधानिक इजलासले नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधिको दफा १२(१) संविधान र कानुनसँग बाझिएको भन्दै बदर गरेको हो।
यो व्यवस्थाअनुसार पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्रीलगायतलाई विदेश उपचार खर्च दिने प्रावधान थियो।
अबदेखि विदेशमा उपचार गर्दा राज्यले खर्च व्यहोर्ने अभ्यास कानुनी रूपमा रोकिएको छ।


