Friday, June 05, 2026
Home > आर्थिक समाचार > सरकारले तोक्यो आर्थिक रूपान्तरणका चार प्रमुख आधार

सरकारले तोक्यो आर्थिक रूपान्तरणका चार प्रमुख आधार

काठमाडौँ, वैशाख १४ — सरकारले देशको आर्थिक रूपान्तरणका लागि ऊर्जा, कृषि–उद्योग–पर्यटन, पर्यटन पूर्वाधार र सूचना प्रविधि गरी चार प्रमुख क्षेत्र पहिचान गरेको छ।

अर्थ मन्त्रालयको श्वेतपत्रअनुसार यी क्षेत्रलाई आर्थिक वृद्धिको मुख्य संवाहक बनाउँदै आगामी वर्षहरूमा द्रुत विकास गर्ने योजना अघि सारिएको छ।

सरकारले ५–७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने र अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुर्‍याउने लक्ष्यसमेत राखेको छ।

ऊर्जा क्षेत्रमा १५ हजार मेगावाट विद्युत् उत्पादन, कृषि र उद्योगलाई एकीकृत विकास, पर्यटन पूर्वाधार सुधार तथा डिजिटल अर्थतन्त्र विस्तारलाई प्राथमिकतामा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *