प्रहरी महानिरीक्षक दानबहादुर कार्की मनोहरा नदी किनारको सुकुम्वासी बस्तीमा पुगेर अवस्थाको निरीक्षण गरेका छन्।
आइतबार बिहानदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरी बस्ती खाली गर्ने र डोजर चलाउने कार्य भइरहेको स्थानमा पुगेर उनले सुरक्षा व्यवस्था तथा भूमिहीन नागरिकको स्थानान्तरण प्रक्रियाबारे जानकारी लिएका हुन्।
निरीक्षणपछि आईजीपी कार्कीले अवस्था अवलोकन गरेर फर्किएको प्रहरीले जनाएको छ।


