Friday, June 05, 2026
Home > स्थानीय समाचार > पोखरा फिर्केखोलाको अतिक्रमित संरचना जेठ ९ भित्र हटाउन महानगरको अल्टिमेटम

पोखरा फिर्केखोलाको अतिक्रमित संरचना जेठ ९ भित्र हटाउन महानगरको अल्टिमेटम

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका सबै संरचना जेठ ९ भित्र स्वेच्छाले हटाउन सार्वजनिक सूचना जारी गरेको छ। समयसीमाभित्र नहटाए महानगरले आफैँ भत्काउने र खर्च सम्बन्धित व्यक्तिबाटै असुल गर्ने चेतावनी दिएको छ।

महानगरका अनुसार वडा नं. १८ अँधेरीकुनादेखि वडा नं. २, ४, ५, ७, ८, १७ हुँदै वडा नं. ६ गाईघाटसम्म फैलिएको फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी करिब १६० संरचना निर्माण भएका छन्।

यसअघि पनि हटाउने सूचना जारी भए पनि मुद्दा परेपछि रोकिएको थियो। उच्च अदालत पोखराले महानगरको पक्षमा निर्णय गरेपछि अब अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *