Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हुम्ला–बाजुरा सिमानामा प्रहरी चौकी विवाद, झडपमा ५ जना घाइते

हुम्ला–बाजुरा सिमानामा प्रहरी चौकी विवाद, झडपमा ५ जना घाइते

काठमाडौँ — हुम्ला र बाजुराको सिमानामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयमा विवाद हुँदा दुई जिल्लाका स्थानीयबीच झडप भएको छ। वैशाख ३ गते भएको घटनामा बाजुराको हिमाली गाउँपालिका–५ लाम्पाटाका ५ जना घाइते भएका छन्।

बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्ने निर्णयपछि हुम्लाका स्थानीयले कवारीखोलालाई दुई जिल्लाको सिमाना दाबी गर्दै निर्माणमा अवरोध गरेका थिए। विवाद बढेपछि गृह मन्त्रालयले चौकी निर्माणको काम तत्काल रोक्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *