सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय को आह्वानमा प्रतिनिधि सभाका प्रतिनिधिहरूको बैठक बस्यो। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सहभागिता जनाए।
बैठकमा पहिलो बैठक कसरी अगाडि बढाउने भन्नेबारे छलफल भइरहेको छ। बैठकमा सरकारका प्रतिनिधि र सचिवालयका अधिकारीहरू पनि सहभागी छन्।


