Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानन्यायाधीश सिफारिसविरुद्ध १६ उजुरी दर्ता

प्रधानन्यायाधीश सिफारिसविरुद्ध १६ उजुरी दर्ता

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन् ।

समितिले दिएको १० दिनको समयसीमाभित्र विभिन्न माध्यममार्फत ती उजुरी दर्ता भएका हुन् । समितिले उजुरी दिन हुलाक, इमेल र प्रत्यक्ष बुझाउने व्यवस्था गरेको थियो ।

समितिको जेठ ५ गते बस्ने बैठकमा उजुरी खोलिने र सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *