Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीलाई रूलिङ गर्न माग

प्रधानमन्त्रीलाई रूलिङ गर्न माग

काठमाडौं । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने प्रस्ताव अघि बढाइएको छ। बुधबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रस्ताव प्रस्तुत गरेका हुन्।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षीले अवरोध गरेपछि सभामुखको पहलमा दलहरूबीच सहमति जुटाएर बैठक सञ्चालन गरिएको हो। नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी र संसद्मा उपस्थितिका लागि रुलिङको माग गरेका छन्।

छलफल अघि बढे पनि प्रधानमन्त्रीको अनुपस्थिति र जवाफदेहिताबारे प्रश्न कायमै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *