काठमाडौं । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्नेसम्बन्धी प्रस्ताव अघि बढाइएको छ। बुधबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट प्रस्ताव प्रस्तुत गरेका हुन्।
यसअघि विपक्षी दलले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सदन अवरुद्ध गरेका थिए। सभामुखको पहलपछि दलहरूबीच सहमति जुटेर बैठक सञ्चालन भएको हो।
बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी माग गर्दै संसद्मा उपस्थितिका लागि रुलिङको आग्रह गरेका छन्।
बैठकमा छलफल अघि बढाउने वातावरण बने पनि प्रधानमन्त्रीको अनुपस्थिति र जवाफदेहिताबारे प्रश्न उठिरहेका छन्।


