भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार बालेनले उक्त निमन्त्रणा स्वीकार गरिसकेका छन्, तर भ्रमणको मिति भने तय गर्न बाँकी छ। परराष्ट्रमन्त्री खनाल हाल मौरिससमा रहेका छन् र उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय सम्बन्धमा छलफल गरेका छन्। नेपाल सरकार यस भ्रमणको लागि आन्तरिक तयारीमा जुटेको छ।


