Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारी तीव्र, मिति टुङ्गो लाग्ने

प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारी तीव्र, मिति टुङ्गो लाग्ने

काठमाडौँ, १५ वैशाख। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणको तयारी तीव्र बनेको छ। भारतका विदेश सचिव विक्रम मिस्री २८ वैशाखमा नेपाल आउनेछन्, जहाँ उनी प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको निम्तो पत्र हस्तान्तरण गर्नेछन्।

यसअघि मोदीले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि निम्तो दिएको थियो, जसलाई बालेनले स्वीकार गरेपछि भ्रमणको मिति तय गर्न प्रक्रिया सुरु भएको हो। परराष्ट्रमन्त्री शिशिर खनालले यो भ्रमणका लागि आवश्यक छलफल र तयारी अघि बढाएको जानकारी दिएका छन्।

मिस्रीको भ्रमणमा नेपाल र भारत बीचका विभिन्न सम्झौतामा प्रगति र आगामी कदमहरूको समीक्षा पनि हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *