Friday, June 05, 2026
Home > मुख्य समाचार > रसुवामा सम्पर्कविहीन मुस्ताङ एयर हेलिकप्टर, ५ जना सवार

रसुवामा सम्पर्कविहीन मुस्ताङ एयर हेलिकप्टर, ५ जना सवार

काठमाडौं – रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर पाइलटसहित ५ जना सवार दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क कटेको पुष्टि गरेको छ।

हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले क्षेत्रको टेलिफोन सम्पर्क नहुने भएकाले थप विवरण प्राप्त नभएको बताए। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले नेपाली सेना र प्रहरीले घटनाबारे बुझ्दै गरेको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *