प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार काठमाडौंमा प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्। छलफलमा मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका मुख्यमन्त्री सहभागी थिए भने कोशीका हिक्मत कार्की मातृशोक र सुदूरपश्चिमका कमलबहादुर शाह उपचारका लागि विदेशमा रहेकाले अनुपस्थित थिए।


