काठमाडौंको टोखा क्षेत्रमा बिहीबार परम्परागत बिस्का: जात्रा भव्य रूपमा मनाइएको छ। मौलिक बाजागाजा र सांस्कृतिक धुनसहित स्थानीयहरूले जात्रालाई भातृत्व, सद्भाव र एकताको प्रतीकका रूपमा मनाएका छन्।
भक्तपुरको ठिमीमा जस्तै शैलीमा मनाइने यो जात्रा टोखाको विशेष पर्व मानिन्छ। पछिल्ला वर्षहरूमा यसको प्रचार–प्रसार बढेसँगै अवलोकनकर्ताको सहभागिता पनि क्रमशः बढ्दै गएको छ।


