Friday, June 05, 2026
Home > स्थानीय समाचार > चिडियाखाना वर्गीकरणका लागि नयाँ मापदण्ड तयार

चिडियाखाना वर्गीकरणका लागि नयाँ मापदण्ड तयार

काठमाडौं — वन तथा वातावरण मन्त्रालयले चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र र वन्यजन्तु अस्पतालका लागि नयाँ मापदण्डको मस्यौदा तयार गरेको छ।

मस्यौदाअनुसार चिडियाखानालाई क्षेत्रफल र वन्यजन्तुको संख्याका आधारमा ठूला, मझौला र साना गरी तीन वर्गमा विभाजन गरिनेछ।

ठूला: ५० हेक्टर र १०० प्रजाति
मझौला: २० हेक्टर र ४० प्रजाति
साना: ५ हेक्टर र १० प्रजाति

मापदण्डमा वन्यजन्तुको संरक्षण, उपचार र व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने व्यवस्था छ। सरकारले सरोकारवालाको राय लिएर अन्तिम रूप दिने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *