काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई युद्धविराममा सहमत हुन तीन दिनको समयसीमा दिएका छन्।
ट्रम्पले सहमति नभए इरानका तेल पाइपलाइनहरूमा ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन्। उनका अनुसार निर्यात अवरुद्ध हुँदा पाइपलाइनमा दबाब बढेर विस्फोट वा संरचनात्मक क्षति हुन सक्छ।
यसैबीच इरानले आफ्नो परमाणु कार्यक्रम र होर्मुज जलमार्गमाथिको अधिकारलाई ‘रेड लाइन’ भन्दै कुनै सम्झौता नगर्ने अडान दोहोर्याएको छ।
दुवै देशबीच तनाव बढ्दै गएपछि कूटनीतिक स्थिति थप जटिल बन्दै गएको बताइएको छ।


