Friday, June 05, 2026
Home > मुख्य समाचार > फिर्ता भएको संवैधानिक परिषद् अध्यादेश पुनः जारी गर्न सरकारको सिफारिस

फिर्ता भएको संवैधानिक परिषद् अध्यादेश पुनः जारी गर्न सरकारको सिफारिस

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि जस्ताको तस्तै जारी गर्न सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले “संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३” पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि राष्ट्रपतिले उक्त अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए भने अन्य ७ अध्यादेश जारी भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *