काठमाडौं । सुदन गुरुङ ले फेवाताल किनारको जग्गा लिज प्रकरणमा आफू ठगिएको दाबी गर्दै कानुनी उपचारमा जाने तयारी गरेका छन् ।
उनको सचिवालयका अनुसार लिजमा लिएको जग्गा मापदण्ड बाहिर रहेको भन्दै झुक्याइएको थियो, तर पछि उक्त क्षेत्र अतिक्रमणभित्र पर्ने पुष्टि भएपछि लगानी र निर्माण रोकिएको जनाइएको छ ।
यता जग्गाधनीले भने भाडा नतिरेको आरोप लगाउँदै विवाद थप चर्किएको छ ।


