विराटनगर । चात्या सा फुटबल क्लब ले बुढीगंगा गोल्डकपमा रारा फुटबल क्लब लाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
खेलमा रुजन न्यौपाने, आशिष चापागाईं र रिचर्ड विल्सनले गोल गर्दै टोलीलाई विजयी बनाएका थिए। रिचर्ड विल्सन खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्रतियोगिता चैत २७ गतेसम्म जारी रहनेछ र विजेताले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजारसहित ट्रफी र मेडल पाउनेछन्।


