बझाङ को बित्थडचिर गाउँपालिकामा सडक निर्माणमा काम नगरी भुक्तानी लिएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, सब–इन्जिनियर, लेखापाल र निर्माण व्यवसायीको आपसी मिलेमतोमा झुट्टा बिल बनाएर ८ लाख ४८ हजार ९६२ रुपैयाँ भुक्तानी लिएको आयोगले जनाएको छ।फिल्डमा ३३८ मिटरको सिँचाइ क्यानलमध्ये केवल २४८ मिटर मात्रै बनेको र मेसिनरी काम पूरा नभएको पाइएको छ। प्रतिवादीहरूमाथि कैद सजाय र बिगो असुल माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।


