Friday, June 05, 2026
Home > स्थानीय समाचार > पोखरामा ट्रान्स पार्टीमा छापा: विदेशीसहित ३८ जना पक्राउ

पोखरामा ट्रान्स पार्टीमा छापा: विदेशीसहित ३८ जना पक्राउ

कास्कीको पोखरा महानगरपालिका–१८ सेदीस्थित एकान्त घरमा सञ्चालन गरिएको ट्रान्स पार्टीमा प्रहरीले छापा मारेर ३८ जनालाई पक्राउ गरेको छ।

मंगलबार राति गरिएको कारबाहीमा लागूऔषध प्रयोग र बिक्री भइरहेको सूचनापछि प्रहरीले हस्तक्षेप गरेको हो। पक्राउ परेकामध्ये एक इजरायली, दुई भारतीय र पाँच नेपालीसहित आठ जनासँग लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्नहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ भने अन्यको पृष्ठभूमि पनि जाँच भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *