Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > बदलिँदो विश्व राजनीति: चीन-पाकद्वारा युद्धविरामको आह्वान, ट्रम्पद्वारा सहयोग बन्द गर्ने घोषणा

बदलिँदो विश्व राजनीति: चीन-पाकद्वारा युद्धविरामको आह्वान, ट्रम्पद्वारा सहयोग बन्द गर्ने घोषणा

बेइजिङमा भएको उच्चस्तरीय भेटवार्तापछि चीन र पाकिस्तानले मध्यपूर्वमा जारी तनाव कम गर्न पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्। जसका मुख्य बुँदाहरू विश्वव्यापी अस्थिरता रोक्न तुरुन्त लडाइँ बन्द गरी मानवीय सहायता पुर्‍याउनुपर्ने, सैन्य दबाबभन्दा संवाद र कूटनीतिक माध्यमबाट राष्ट्रहरूको सार्वभौमसत्ताको सम्मान गर्दै समाधान खोज्नुपर्ने, सर्वसाधारण र ऊर्जा/परमाणु संरचनामाथि हुने आक्रमण रोकिनुपर्ने, हर्मुज जलडमरूजस्ता रणनीतिक मार्ग र व्यापारिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने र अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको भूमिकालाई बलियो बनाएर मात्रै दिगो शान्ति सम्भव रहेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले अब कुनै पनि देशलाई प्रत्यक्ष सहायता नगर्ने घोषणा गरेका छन्। उनले प्रत्येक राष्ट्रले आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने र अमेरिका अब अरूको युद्धमा प्रत्यक्ष सहभागी नहुने स्पष्ट पारेका छन्। उनले इरान कमजोर भएको दाबी गर्दै युरोपेली देशहरूको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *