Friday, June 05, 2026
Home > स्थानीय समाचार > ६ वर्षपछि लुम्बिनीमा विद्युतीय बस सञ्चालन

६ वर्षपछि लुम्बिनीमा विद्युतीय बस सञ्चालन

बुटवल: लामो समयदेखि थन्किएर बसेका लुम्बिनीका विद्युतीय बसहरू अन्ततः सञ्चालनमा आएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विशेष निर्देशनपछि पर्यटकहरूको सुविधाका लागि यी बस सञ्चालन गरिएका हुन्।

५ वटा बसमध्ये प्रारम्भिक चरणमा २ वटा बसले आजदेखि सेवा दिन थालेका छन्।

एसियाली विकास बैंक (ADB) को सहयोगमा २०७७ सालमै भित्रिएका ५ बस र १४ भ्यान कानुनी अल्झनका कारण ६ वर्षदेखि ग्यारेजमै थन्किएका थिए।

बसलाई काठमाडौं लैजाने चर्चा चलेपछि स्थानीय स्तरमा विरोध भएको थियो, जसलाई प्रधानमन्त्री कार्यालयको निर्देशनले लुम्बिनीमै चलाउने गरी टुङ्ग्याएको हो।

लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई प्रदूषणरहित, सुरक्षित र सहज यातायात सेवा प्रदान गर्ने।

लुम्बिनी विकास कोषका सदस्यसचिव दिपक श्रेष्ठका अनुसार, यो सुरुवातसँगै अब पर्यटकले वातावरणमैत्री यात्राको अनुभव लिन पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *