Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बलात्कार मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ

काठमाडौं — बलात्कार मुद्दामा १० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी इन्द्रबहादुर नेपाली पक्राउ परेका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ पानधाराका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको नागार्जुनबाट पक्राउ गरेको हो।

उच्च अदालत पाटनले उनलाई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो। पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *