बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस नेता इन्द्र बानियाँमाथि सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ। सोमबार सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं (नक्साल र सुन्धारा) तथा हेटौंडा–५ पिप्लेस्थित उनका घर र कार्यालयमा एकैसाथ छापा मारेको प्रहरीले पुष्टि गरेको छ।
अवैध सम्पत्ति आर्जन र लुकाएको आरोपमा गरिएको अनुसन्धानका क्रममा विभागका कर्मचारी र प्रहरी टोली परिचालन गरिएको थियो। उनी निर्माण व्यवसायसँग पनि जोडिएका व्यवसायी हुन्।


