सरकारले लागू गरेको शनिबार–आइतबार दुईदिने सार्वजनिक बिदाले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ।
होटेल संघ पोखराका अनुसार यस अवधिमा आन्तरिक पर्यटकको आगमन करिब १० प्रतिशतले बढेको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार धेरै पर्यटक दुई दिन पोखरामा बसेर फर्कने भएकाले पर्यटन गतिविधि बढेको हो।
पोखरामा फेवाताल, लेखनाथका ताल, विन्ध्यवासिनी, तालबाराही, पुम्दीकोट, गुप्तेश्वर गुफा तथा प्याराग्लाइडिङ, बञ्जी जम्प, जिपलाइन जस्ता साहसिक गतिविधिमा पर्यटकको आकर्षण देखिएको छ।
हाल पोखराका होटेलहरू करिब ६० प्रतिशत भरिभराउ छन् भने यहाँ झन्डै ४० हजार पर्यटक अट्ने क्षमता रहेको छ।


